मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानीमा बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१९ नेवारपानिमा ट्रक र बस एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा १८ जना घाईते घएका हुन् ।
हेटौंडाबाट चितवन तर्फ जादै गरेको ना ५ ख ४१४६ नम्बरको ट्रक र काठ्मान्डौंबाट गौर जाँदै गरेको ना ७ ख ९१४० नम्बरको बस एक आपसमा ठक्कर खाइ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । दुवै सवारीका चालक, सहचालक गरी तीन जना र यात्रु १५ जना गरी १८ जना घाईते भएको उहाँले जानकारी दिनुभयो । घाईते मध्ये ट्रकका चालक गम्भीर रहेको र उनको हेटौंडा–११ स्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको तथा अन्यको चुरेहिल र सहकारी हस्पिटलमा उपचार भईरहेको उहाँले बताउनुभयो ।