काठमाडौं– बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि उहाँलाई विहान बसुन्धरास्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । विहिबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको अस्पतालले जनाएको छ । उहाँको ८२ वर्षको उमेरमा निधन भएको हो ।
उपचार गर्नुअघि प्रधानको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । विसं १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मनुभएको थियो । रेडियो नेपालमा उनको ७ सयभन्दा बढी गीत रेकर्ड रहेका छन् । उहाँलाई यसै बर्ष रेडियो नेपालले राष्ट्रिय श्रष्टा सम्मानद्वारा सम्मानित गरेको थियो।प्रधानकी पत्नी किरण देवी र दुई छोराहरू प्रसन्न र कबिर प्रधान छन् ।