मकवानपुर– सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र मकवानपुरले हेटौडाको बुद्ध चोकलगायत राजमार्ग क्षेत्रमा बिहबिार (आज) कोभिड–१९ बिरुद्ध सचेतना कार्यक्रम गर्नुका साथै निशुल्क मास्क वितरण गरेको छ । पछिल्लो समय मकवानपुरमा कोरोनो भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको हुँदा सोबाट बच्नका लागि संस्थाले सर्वसाधारणमा स्वास्थय मनापदण्डसम्बन्धी सचेतना फैलाउनुका साथै निशुल्क मास्क वितरण गरेको हो ।

आम सर्वसाधारणले स्वास्थ्य मापदण्डलाई हेलचेक्राइ गर्दा कोरोना फैलने जोखिम बढ्ने हुँदा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा संस्थाले हेटौंडाको बुद्ध चोक, राजमार्ग आसपासको क्षेत्रमा कोरोना विरुद्ध अपनाइने संदेश मुलक सामग्रीको प्रशारण गर्दै निःशुल्क मास्क वितरण गरिएको केन्द्रका अध्यक्ष राम बिष्टले जानकारी दिनुभयो । सामुदायिक सेवा केन्द्रका पदाधिकारी र प्रहरीले मास्क प्रयोग नगर्ने ब , ट्रक, साइकल। मोटरसाइकल, म्याजिक, अटो, मयुरी लगायतका सवारी साधनका यात्रु तथा पैदल यात्रीहरुले मास्कको प्रयोग नगरेकाले पहिलो दिन सम्झाइ बुझाइ निःशुल्क मास्क वितरण गरिएको केन्द्रका बिष्टले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरको समेत सहभागिता रहेको उक्त कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा सचेतनासगै निगरानी तथा चेकजाँच लाई तिब्रता दिने उहाँले जानकारी दिनुभयो । वहाँले अहिलेको अवस्थामा कुरा भन्दा काम गरेर देखाउनु पर्ने आवश्यकता रहेको भन्दै आज पहिलो दिन मास्क प्रयोग नगर्ने एक हजार भन्दा बढीलाई निःशुल्क मास्क वितरण गर्नुका साथै सचेत बनाईएको जानकारी दिनुभयो । केही दिन देखी जिल्लामा कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क प्रयोग गर्न, स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेको थियो ।

मकवानपुरमा कोरोनाको दोस्रो लहर फैलिनुका साथै दैनिक रुपमा सक्रमितको संख्या बढदै गएको अवस्थामा जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा सचेतना मुलक कार्यक्रम संचालन गरिएको केन्द्रका निवर्तमान अध्यक्ष कुमार पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सोरप छिरिङ् तामाङ, ४ नम्बर वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्ट, केन्द्रका कोषाध्यक्ष राम प्रसाद कोइराला, अच्युत मिश्र, नबराज कोइराला लगाएको सहभागिता रहेको थियो ।