काठमाडौँ– लामो समयपछि नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । उहाँहरूबिच आज साँझ राजधानीको नागपोखरीस्थित होटेल मेरियटमा भेटवार्ता भएको हो । अध्यक्ष ओली र नेता नेपालबीच पार्टीभित्र देखिएका अन्तरसङ्घर्ष व्यवस्थापन गर्ने सम्बन्धमा गम्भीर विचार विमर्श सुरु भएको हो । गत पुस ५ गते प्रतिनिधिसभा विघटनपश्चात् उहाँहरूबिच संवाद हुन सकेको थिएन ।