file photo

काठमाडौँ– आज देशभर कोरोना भाइरसबाट ३ सय ३ जना संक्रमित भएका छन् । ३ हजार १ सय २५ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा ३ सय ३ जना तथा ६ सय ९० वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ६४ जना गरी जम्मा ३ सय ६७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी आज थप १ सय ४१ जना कोरोना सङ्क्रमणबाट निको भई घर फर्किएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले प्रेस विफ्रिङमा जानकारी दिनुभयो । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल नेपालमा २ हजार ९ सय ६१ सक्रिय संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभयो । प्रवक्ता गौतमले नयाँ प्रजातिको कोरोना भाइरस युवा युवतीमा बढी देखिएको भन्दै उच्च सावधानी अपनाउन आग्रह गर्नुभयो ।