काठमाडौँ– बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्सटेक) को मन्त्रीस्तरीय भर्चुअल बैठक आज (बिहीबार) श्रीलङ्काको कोलम्बोमा हुँदै छ । बैठकमा नेपालको प्रतिनीधि मण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी हुनु हुनेछ। बैठक नेपाली समय अनुसार दिउँसोको ३ बजेबाट सुरु हुने छ । यसैबीच आजको बैठकको पूर्व सन्ध्यामा हिजो (बुधबार) सचिव स्तरीय बैठक बसेको थियो । बैठकमा नेपालको प्रतिनिधित्व मण्डलको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले गर्नु भएको थियो ।