हेटौंडा– अन्तराष्ट्रिय महिला दिवशका अवसरमा आज हेटौंडामा आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेका छन् । दिवशका अवसरमा मेची महाकाली बुहारी संयुक्त आवाजले आज आयोजना गरेको रक्तदान कार्यक्रममा १७ जना महिला र २६ जना पुरुषले रक्तदान गरेका हुन् ।
त्यस्तै मेची महाकाली बुहारी संयुक्त आवाजले १११ औं अन्तराष्ट्रिय महिला दिवस माक्स वितरण, सडक नाटक लगायतको कार्यक्रम गरेको मनाएको छ । रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको थियो ।