मकवानपुर– हेटौंडा उपमहानगरपालिका–५, पुष्पलाल पार्क स्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको पार्टी कार्यलय आजबाट पुनः सञ्चालनमा आएको छ । आज बिहान नेकपा एमालेका नेता/कार्यकर्ताको उपस्थितिमा यसअघि लगाइएको ताल्चा फुटाएर पाट्री कार्यलय सञ्चालनमा ल्याइएको हो ।

केहि महिना अघि नेकपा प्रचण्ड–नेपाल समूहका नेताले एक पक्षीय ढङ्गले गुटको कार्यक्रम पार्टी कार्यलयमा गर्न थालेपछि पार्टी कार्यलयमा ताला लगाईएको थियो । आईतबार सर्वोच्च अदालतले ऋषि कट्टेललको नेकपालाई आधिकारिकता दिएसँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई साविककै नाम रहने गरि फैसला गरेसंगै बन्द कार्यालय सञ्चालन गरिएको हो । सर्वोच्चको फैसलापछी आज पार्टी कार्यालय खोलेर कार्यालयमा नेकपा एमालेको बोर्ड समेत झुण्डाइएको छ । भने, आजै नेकपा मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ र सचिब लालबहादुर थापालाई पार्टी कार्यालयमा पदस्थापन समेत गरिएको छ ।

पदस्थापन पछि नेकपा मकवानपुरका अध्यक्ष श्रेष्ठले अब नियमित रुपमा कार्यालय सञ्चालन हुने वताउनुभएको छ । उहाँले सम्पूर्ण कार्यकर्ताको लगानी र मेहनतबाट बनेको पार्टी कार्यालय एमालेको सम्पत्ति भएको र अब हरेक काम यही पार्टी कार्यालयबाट गरिने समेत बताउनुभयो । पूर्बबाट सूर्य उदाय सम्म एमालेको चिन्ह सूर्यनै रहने उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानाले अदालतबाट भएको फैसलाको आफुहरुले सम्मान गर्ने वताउनुभयो । जनताको म्यान्डेटका आधारमा अब काम गरिने उहाँले वताउनुभयो । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु मधुसुधन खतिवडा, अनन्त पौडेल लगायतकाको आतिथ्यता रहेको थियो । सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दै पार्टी कार्यलय खोलिएर नियमित कार्यहरु सूचारु गरिएको नेकपा एमाले मकवानपुरका नेताहरुको भनाई छ ।