मकवानपुर– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभ¥याङ्गमा आइतबार ग्यारेजमा मेसिनमा गलबन्दी बेरीएर एकजना मजदुरको मृत्यु भएको छ । ग्यारेजमा काम गर्ने क्रममा लेथ मेनिमा गलबन्दी बेरीएर मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिकाका १९ बर्षीय अरबिन्द कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । हेटौंडा–११ स्थित एक गाढी मर्मत गर्ने ग्यारेजमा काम गर्दै आएका ठाकुरको मेशिनमा परेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ग्यारेजको लेथ मेशिन चलाउने क्रममा ठाकुरको घाटीमा लगाएको गलबन्दी मेशिनमा बेरिदा घाँटी च्याप्पिएर मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।