हेटौंडा– जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरको थाहा नगरपालिका र भमफेदी गाउँपालिकाका विभिन्न अनुगमन गर्नुभएको छ । मकवानपुरको उत्तरी भीमफेदी गाउँपालिका र थाहा नगरपालिकााका भुकम्प पुननिर्माण प्रधिकरण अन्तरगतको विद्यालय पुर्ननिर्माण तर्फ पहिलो तथा दोस्रोचरणमा तथा अन्य दातृ निकायद्धारा निमार्ण भएका ५ वटा विद्यायलको अनुगमन गर्नुभएको हो ।
प्रमुख खुलालले भीमफेदीको चुनिया स्थित बिष्णु आधारभुत विद्यालय, थाहा–४ स्थित ऋषेश्वर आधारभुत विद्यालय, भीमफेदी–९ अघोर स्थित लेकाली बेसीफाँट माविको प्रावि सेक्सनको अवलोकन गर्नुभएको छ । त्यस्तै उहाँले थाहा–३ स्थित भारतिय दुतावासको अनुदान सहयोगमा निमार्ण भईरहेको जन कल्यान मावि र थाहा नगरपालिका ओखर बजार स्थित जापनीज सहयोग नियोग जाईकाको सहयोगमा निर्माण सम्पन्न भएर हस्तान्तरणको प्रकृयामा रहेको झम्केश्री माविको १९ कोठे भवनको अवलोकन गर्नुभएको छ ।
बिष्णु आधारभुत विद्यालय २ कोठे २३ लाखको लागतमा फल सिलिङ सहितको पक्की भवनको अनुगमन गर्नुभएको हो । २०७६ पुष सम्म सम्पन्न गर्ने गरि सम्झौता भएको उक्त समय अगाबै निर्माण सम्पन्न भएको छ । त्यस्तै थाहा–४ स्थित ऋषेश्वर आधारभुत विद्यालयको ६८ लाखको लागतमा सम्पन्न ४ कोठे पक्की भवन, भीमफेदी–९ अघोर स्थित लेकाली बेसीफाँट माविको प्रावि सेक्सनको गत वर्षकै २३ लाखको लागतमा निर्माण भएको २ कोठे भवन, थाहा नगरपालिकाको ओखर बजार स्थित जापानी सहयोग नियोग जाईकाको ४ करोड ४४ लाख सहयोगमा निमार्ण भएर हस्तान्तरणको प्रकृयामा रहेको झम्केश्री मावि र तत्कालीन जिविससंग सम्झौता भएर २०७४ सम्म सम्पन्न गर्ने गरि निर्माण सुरु भएको एक विद्यालयको अनुगमन गर्नुको छ । सम्म सम्पन्न गर्ने गरि सम्झौता भए पनि हाल सम्म स्ट्रक्चर मात्र निमार्ण सम्पन्न नहुनुको कारण सहित निर्माण कम्नीलाई तदारुक्ताका साथ काम अगाडी बढाउन निर्देशन दिनुभएको छ । तत्काल काम सुरु नगरे सम्झौता रद्ध गर्ने उहाँले चेतावनी समेत निर्माण कम्पनीलाई दिनुभएको छ ।