मकवानपुर– नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दोस्रो बार्षिक साधारण सभा शुक्रबार हेटौंडामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष प्रताप विष्टको सभाध्यक्षता तथा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा महासंघका अध्यक्ष आचार्यले पत्रकारका हकहितका लागि महासंघ सधैं कृयाशिल रहेको बताउनुभएको छ । उहाँले पत्रकारका धेरै खालका अपेक्षाहरु भएपनि नीतिगत कुरामा महासंघले धेरै काम गरेको बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका सचिव राम प्रसाद दाहाल, बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा, प्रेस संगठन बागमती प्रदेश ईन्चार्ज हिरामान तामाङ, महासंघ उपाध्यक्ष सम्झना कार्की(नानीमैया) लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा काठमान्डौं उपत्यकाका तीन जिल्लाबाहेक १० जिल्लाका पत्रकार महासंघका जिल्ला अध्यक्षहरुको उपस्थिति रहेको थियो । सो अवरमा बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालयबाट बागमती प्रदेश १० जिल्लाका पत्रकार महासंघका अध्यक्षलाई रिपोटिङका क्रममा आवश्यक पर्ने आपत्कालीन सामाग्री सहयोग गरिएको छ । साम्रागी बागमती प्रदेशका संचार रजिष्ट्रार रेवती प्रसाद सापकोटा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेलले जिल्लाका अध्यक्षहरुलाई हस्तान्तरण गर्नुभएको हो । साधारण सभामा महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगरले महासचिवको प्रतिबेदन र कोषाध्यक्ष सीताराम अधिकारीले आर्थिक बर्ष २०७६÷७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।