शेयर बजार परिसूचक नेप्से मङ्गलवार साढे ६५ अङ्कले बढेको छ । होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से ६५ दशमलव ४९ अङ्कले बढेर २४ सय ७३ दशमलव ७३ विन्दुमा पुगेको हो ।
बैंक, जलविद्युत् र होटल समूहको शेयर ३३ अङ्कले, निर्जीवन बीमा कम्पनीको शेयर ६ सय २६ अङ्कले, उत्पादनको ६१, अन्यको ८०, माइक्रोफाइनान्सको १ सय ५२ र जीवन बीमा समूहको शेयर ५ सय ५२ अङ्कले बढेको छ । मङ्गलवार दुई सय कम्पनीका एक करोड ५४ लाख ९९ हजार कित्ता शेयर आठ अर्ब ६७ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ५८ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । मङ्गलवार १६ वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि ओरियन्टल होटलका शेयरधनीले चार प्रतिशतभन्दा धेरै गुमाएका छन् ।