हेटौंडा÷ हेटौंडा उपमहानगरपालिका १४ स्थित उत्तरपानीमा रहेको उर्गेन पेमा डुप्किलिङ् बोद्ध गुम्बामा दश करोड बज्रगुरु जप तथा विश्वशान्ति पुजा बिहिवार समापन भएको छ । माघ ८ गतेबाट सुरु भएको बज्रगुरु जप तथ विश्वशान्ति पुजा ८ औं दिन बिहीबार समापन भएको हो ।
जिल्लाकै दोस्रो एतिहासिक जप प्रदेशभरका २५ जना लामा गुरुहरुलगायत गुम्बाकै लामाहरुले बज्रगुरु जप गर्नुभएको थियो । ८ दिनसम्म गुरु पद्मा मन्त्र, सम्भावको साधनालाई दश करोड मन्त्र गुरु पद्माको नाममा जपेर पु¥याएर सकाउनुपर्ने गुम्बाका प्रमुख लोबेन गुरुले बताउनुभयो । पुजाले सबै प्राणीलाई लागेको भोक , रोग , दुःख, कष्ट र बिरामी नाश भएर जाने गुरु लोबेनले बताउनुभयो । ८ औं दिनमा विभिन्न मृतक आत्माको शान्तिका लागि कामना गर्दै दश करोड मन्त्र जपेर शान्तिका लागि कामना गरिएको गुरुले जानकारी दिनुभयो । समापनपछि जिल्लाका मानिसहरुलाई गुरुहरुले वाङ् (अविशेष) दिने गुम्बाका अध्यक्ष धनबहादुर मोक्तानले बताउनुभयो ।