हेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुखले बोलेर मात्र मात्र समृद्धि नआउने बताउनुभएको छ । हेटौंडामा ४ दिन सम्म सञ्चालन भएको श्रृजनसिल महिला उद्यमी मेला २०७६ को समापन समारोहमा उहाँले समृद्धि ल्याउन सबै पक्ष उत्पादनसंग जोेडिनुपर्ने बताउनुभएको हो ।
मुख्यमन्त्री पौडेलले अहिलेको सबै भन्दा ठुलो समस्या बजारको रहेको भन्दै बजार अभावमा उत्पादन नहुने बताउनुभयो । उहाँले उत्पादनसंगै बजारको समेत व्यवस्था हुनु पर्ने भन्दै सरकारले बजारीकरणको व्यवस्थ ागर्ने समेत बताउनुभएको छ । बजारको व्यवस्थापनकालागि सरकारले हरेक जिल्लामा उपहार पसल खोल्ने देखि उत्पादन बृद्धि गर्न उद्योग ग्राम निर्माण गर्न लागेको जानकारी दिनुभयो । उहाँले उद्योग ग्राम निर्माणकालागि जग्गा खोज्ने काम भईरहेको बताउनुभएको छ ।

मुख्यमन्त्री पौडेलले सरकारले सबै स्थानीय तहहरुमा उद्योग ग्राम निर्माण गर्ने उद्घोष गरेको भन्दै त्यसै अनुसार काम भईरहेको समेत बताउनुभयो । मुख्यमन्त्री पौडेलले उद्योग ग्राममा साना देखि ठुला सबैले आफ्नो उत्पादन गर्न सक्ने बताउनुभएको छ । उहाँले उत्पादनको बजारीकरण नभए सम्म उत्पादन बृद्धि गर्न नसकिने भन्दै सहकारी मार्फत एक जिल्लाको उत्पादन अन्य जिल्लामा बिक्रि बितरण गर्ने उदेश्य समेत सरकारले बनाएको बताउनुभयो । मुख्यमन्त्री पौडेलले हेटौंडामा बजारको व्यवस्थापनका लागि उद्योगग्राम निर्माण गर्ने उद्घोष समेत गर्नुभयो । उहाँले छिट्टै नै हेटौंडामा व्यवस्थित उद्योग ग्राम र थोक बजार निर्माण हुने बताउनुभएको छ ।
मुख्यमन्त्री पौडेलले महिला उद्यामीहरुका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्नेसमेत बताउनुभयो । उहाँले मेलामा पुरुषहरुको न्युन उपस्थित िरहेको भन्दै महिलाले गरेका हरेक काममा पुरुषले साथ दिनुपर्ने समेत बताउनुभयो । महिला उद्यमी व्यवसायी संघ मकवानपुरकी अध्यक्ष शुसिला पाण्डे मानन्धरको अध्यक्षता समापन कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश ३ सांसद मुनु सिग्देल, जुनेलि श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, मकवानपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष कृष्ण अग्रवाललगायतको आतिथ्यता रहेको थियो ।

मेला २०७६ मा करीब ३० लाख बराबरको कारोबार भएको महिला उद्यमी व्यवसायी संघ मकवानपुरकी अध्यक्ष शुसिला पाण्डेले जानकारी दिनुभएको छ । महिला उद्यमी व्यवसायी संघ मकवानपुर र महिला श्रृजनसिल केन्द्र काठमाडौंको संयुक्त आयोजनामा मेला आयोजना गरिएको थियो । मेलाको करीब ३० हजार जनाले अवलोकन गरेको आयोजकले जनाएको छ । मेला संचालन गर्न ११ लाख रुपैया खर्च भएको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।