हेटाैंडा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बिहीबार एकै दिन हेटौँडाको ११ वटा वडामा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नेकपा विवाद पछि केपी ओली नेतृत्वको नेकपाले मकवानपुरमा भेला तथा प्रशिक्षणलाई तिब्रता दिएको हो । आज हेटौँडाको वडा नम्बर २, ३, ४, ९, १०, ११, १२, १३, १७, १८ र १९ मा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको नेकपा मकवानपुरका कार्यलय सदस्य एकलाल श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रमहरुमा नेकपाका केन्द्रीय सदस्य तथा मुख्यमन्त्री डोरमणी पौडेल, नेकपा केन्द्रीय सदस्यहरु रामेश्वर राना, अनन्तप्रसाद पौडेल, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेश बर्तौला नेकपा नेताहरु एकलाल श्रेष्ठ, गोपाल श्रेष्ठ लगाएतले संवोधन गर्नुभएको थियो । कार्यक्रममा नेताहरुले नेकपा विभाजनको लागि प्रचण्ड र माधवकुमार नेपाल जिम्मेवार रहेको बताउनुभएको छ । प्रधानमन्त्री विरुद्ध षड्यन्त्र भएपछि प्रधानमन्त्रीले वाध्य भएर संसद विघटन गर्नुपर्नेको उहाँहरुको भनाई रहेको थियो ।विभिन्न वडामा भएको कार्यक्रममा सयौँ अगुवा कार्यकताहरुको सहभागिता रहेको नेकपा मकवानपुरका सचिवालय सदस्य नविन सिग्देलले जानकारी दिनुभयो ।