मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मानव जिवनकालागी आयुर्वेद महत्वपुर्ण रहेको बताउनुभएको छ । हेटौंडा–४ स्थित ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्धारा संचालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को शनिबार उद्घाटन गर्नुहुदै मुख्यमन्त्री पौडेलले आयुर्वेदिक जडिबुटीको संरक्षण गर्नुपर्ने बताउनुभयो । गत असारदेखि सञ्चालनमा आएको अस्पतालको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभएको हो ।

अस्पतालको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले नेपालबाट सस्तो मुल्यमा जडिबुटी बिदेश निर्यात भैरहेको र बिदेशबाट चर्को मुल्यमा औषधी आयात गर्नुपर्ने अवस्था रहेको भन्दै आयुर्वेदको माध्यमबाट त्यसको निराकरण गर्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । आयुर्वेदिक जडिबुटी उत्पादनका लागी तिनै तहको सरकारले सहयोग गर्नुपर्ने मुख्यमन्त्री पौडेलको भनाई थियो । अस्पतालको उद्घाटन गर्नुहुदै मुख्यमन्त्री पौडेलले पुनर्नवा अस्पताल सबैको साझा सम्पति भएको र सबैको स्वामित्व हो भन्ने कुरा ग्रहण गर्यौ भने सजिलै अस्पताल माथि उठ्न सक्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले अस्पतालले प्रतिष्ठानको लक्ष्य अनुरुप कार्य गर्न सकोस भन्ने शुभकामना व्यक्त गर्नुभयो । आयुर्वेद तथा बैकल्पिक चिकित्सा सम्बन्धि जनचेतना अभिवृद्धि गर्न र आम नागरिकको स्वास्थ्य सुधारका निम्ति अस्पतालले भुमिका खेल्नुपर्ने उहाँको भनाई थियो ।

अस्पतालमा हालसम्म १ सय ४७ जनाले सेवा लिइसकेको अस्पतालका निर्देशक डा.दिपक पौडेले बताउनुभयो । १ सय ४७ जनाको सेवा शुल्क बापत ७ लाख ४५ हजार आम्दानी भएको उहाँले बताउनुभयो । प्रतिष्ठानको लक्ष्य अनुरुप कार्य गर्न राष्ट्रिय योजना आयोगबाट नवपवद्र्धन कार्यक्रमको लागि माग गरीएको सुचना अनुसारको ऋण रकम प्राप्त गर्न अस्पतालले प्रस्ताव समेत पेश गरेको छ ।
पुनर्नवा अस्पतालका अध्यक्ष ललितकुमार बस्नेतको सभाअध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयाल, प्रदेश सभा सदस्यहरु मुनु सिग्देल, जुनेली श्रेष्ठ, प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष श्याम कुमार बस्नेत, हेटौडा उपमहानगरपालिकाका प्रमुख हरी बहादुर महत, ४ नम्बर वडा अध्यक्ष नविन सिक्देल, ११ नम्बर वडा अध्यक्ष गोकर्ण पराजुली, १२ नम्बर वडा अध्यक्ष ललित घलान, मकवानपुर जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष बद्री लम्साललगायतको उपस्थिति रहेको थियो ।