हेटाैंडा– नेपाल बिधुत प्राधिकरण हेटौंडा बितरण केन्द्रमा कार्यरत नबौं तहका इन्जिनियर इश्वरीप्रसाद जैसवाल नगद रकम सहित पक्राउ परेका छन् । हेटौंडाको बसपार्कमा रहेको एक होटलमा एक ठेकेदारसंग काम मिलाइने सर्तमा दश लाख रुपैयाँ लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसंधान आयोगको हेटौंडा कार्यालयबाट खटिएको टोलीले घुस रकम सहित जैसवाललाई नियन्त्रणमा लिएको हो । हेटौंडा-नवलपराशीको बर्दघाट बिधुत प्रसारण आयोजनामा कार्यरत जैसवालका बिषयमा थप अनुसंधान जारी रहेको अख्तियार दुरुपयोग अनुसंधानको कार्यालय हेटौंडाले जनाएको छ ।