हेटौंडा– नेपालमा पछिल्लो २४ घण्टामा तीन हजार एक सय ५० जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१५० जना कोरोना संक्रमित निको भएसंगै नेपालमा अहिलेसम्म १ लाख ३७ हजार ९ सय ९२ जना निको भएर डिस्चार्ज भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ९ सय ३३ जना कोरोना सङ्क्रमित थपिएका छन् । मन्त्रालयका अनुसार १३ हजार ४ सय ४६ जनाको नमूना परीक्षण गर्दा २ हजार ९ सय ३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको संख्या १ लाख ७६ हजार पाँच सय पुगेको छ । नेपालमा अब सक्रिय संक्रमितको संख्या ३७ हजार पाँच सय २४ रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसंगै नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ सय ८४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।