चितवनमा आज एकाविहानै दुई जना कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–१० का ७९ वर्षीय पुरुषको विहान १ः२० बजेको समयमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । कोरोना संक्रमणसहित श्वासप्रश्वासमा समस्या भई हिजो मात्रै ती पुरुष अस्पताल भर्ना भएका थिए । उनमा कार्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अवस्था जटिल भएपछि उनलाई कोभिड आइसीयूमा राखेर उपचार थालिएको थियो । कोभिड निमोनियाका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै भरतपुर अस्पतालमा नै अर्का कोरोना संक्रमितको पनि मृत्यु भएको छ । आज विहान २ः५५ बजेको समयमा धादिङको निलकण्ठ नगरपालिका–३ की ६१ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिए । गत कार्तिक ५ गते कोभिड संक्रमणसहित श्वासप्रश्वासमा समस्या भई ती महिला अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । सोही दिन कोरोना संक्रमण पुष्टि भएकी ती महिलाको अवस्था थप जटिल बन्दै गएपछि कार्तिक ९ गतेदेखि कोभिड आइसीयूमा रोखर उपचार गरिएको थियो ।