निशा गुरुङ/हेटौंडा

पृथ्वीनारयण शाहको ससुराली खलक रहेका मुकुन्द सेनको शासन सञ्चालन तथा दरबार रहेको ऐतिहासिक मकवानपुगढीका राजा मुकुन्द सेनको काान्छा छोरा छोराको छोरी इन्द्रराजलक्ष्मीसंग बिवाह गरेका थिए ।
सेनवशींय अन्तिम राजा दिगबन्धन सेनलाई १८१९ मा पराजीत गरी नेपालमा एकिकरण गरेका थिए । दिगबन्धनसेनले गुमेको राज्य पुनः प्राप्त गर्न १८१९ माघमा नवावका मिरकासिमसँग मिलि गढिमा आक्रमण गर्दा पुन : युद्ध भई मिरकासिमका फौजलाई हराई पुर्नएकिकरण गरेकोले यस एतिहासिक धरोहरलाई पुन : एकिकृत किल्लाको रुपमा लिई हरेक माघ १० गते विजय उत्सव समेत मनाउने गरीन्छ । त्यस कारणले पनि मकवानपुरगढि गाउँपालिका ऐतिहासिक , प्राकृतिक तथा साँस्कृतिक रुपले महन्वपुर्ण क्षेत्र हो ।
मकवानपुरगढि गाउँपालिकाको क्षेत्रफल १४८.७३ वर्गकिलोमिटर छ । गाउँपालिकामा २०७५ सर्वेक्षण अनुसार कुल जनसंख्या २५ हजार १ सय ४ छन् जस्मा १२ सय ६२ महिला र १३ सय ४१ रहेको छ ।
गाउँपालिकामा बजेटको श्रोत अनुसार संघीय सरकारको बजेट वित्तिय समानिकरण अनुदान ९ करोड ४८ लाख मा ८० प्रतिशत खर्च , शशर्त अनुदान ३६ लाख ८८ लाखमा ९३ प्रतिशत खर्च भएको , समपुरक अनुदान १ करोड ११ लाखमा १०० प्रतिशत खर्च , राजस्व वाडफाँड ८ करोड ९८ लाख ३१ हजारमा ९१ प्रतिशत खर्च , विशेष अनुदान ३ करोड ७६ लाख ५६ हजारमा ८१ प्रतिशत खर्च भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिकाको प्रदेश सरकारको बजेट श्रोत अनुसार वित्तिय समानिकरण अनुदान १ करोड ११ लाख ८ हजारमा ९१ प्रतिशत खर्च , शशर्त अनुदान १ करोड २१ लख ८७ हजारमा ९८ प्रतिशत खर्च , समपुरक अनुदान १ करोड ९ लाख ७९ हजारमा ८४ प्रतिशत खर्च , राजस्व बाडफाँड २ करोड ५४ लाख ८५ हजारमा ९९ प्रतिशत खर्च , विशेष अनुदान ७५ लाखमा १०० प्रतिशत नै खर्च भएको गाउँपालिकाले बताएको हो ।
गाउँपालिकाको आव २०७६÷७७ खर्च श्रोत अनुसारको वित्तिय प्रगति चालु बजेट २८ करोड ४१ लाख ४१ हजारमा खर्च रकम २४ करोड ६४ लाख ९२ हजार , पुजिगत खर्च तर्फ ३३ करोड ६ लाख ६ हजारमा खर्च रकम २७ करोड ९ लाख ७१ हजार भएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा कृषि तर्फ भौतिक प्रगति २९ बटा , पशुतर्फ भौतिक प्रगति १५ वटा , उधोग वाणिज्यतर्फ ६ वटा, पर्यटन क्षेत्रतर्फ ६ वटा , सहकारीतर्फ ३ वटा , शिक्षातर्फ १७ वटा , स्वास्थ्यतर्फ ९ वटा , खानेपानीतर्फ २५ वटा , सरसफाई १ वटा , संस्कृति १६ वटा , लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण १ सय ५० , सडक १ सय ५६ , सिंंचाई ७ वटा , भवन ७ वटा , उर्जा १ वटा वन तथा भुसंरक्षण २ वटा भौतिक प्रगति निर्माण गरिएको गाउँपालिकाले बताएको छ ।
गढि गाउँपालिकाका न्यायिक समितिमा परेका मुद्धा दर्ता संख्या २३ , मेलमिलाप माध्यमबाट समाधान गर्न नसकी माथिल्लो निकायमा पठाइएको मुद्धा संख्या नभएको र छिनोफानो गर्न बाँकी मुद्धा संख्या ८ रहेको गाउँपालिकाले बताएको हो ।
गाउँपालिकामा सामाजिक सुरक्षातर्फ सेवा लिने जेष्ठ नागरिक दलित २६ जना , जेष्ठ नागरिक भत्ता प्राप्त गर्नेहरुको संख्या ९ सय ६४ , जेष्ठ नागरीक एकल महिला २ सय ३२ , अति अशक्त अपांग भत्ता प्राप्त गर्नेहरुको संख्या ९२ , एकल महिला भत्ता प्राप्त गर्नेहरुको संख्या २ सय ५५ , बालपोषण भत्ता प्राप्त गर्नेहरुको संख्या ४२ , रहेको गाउँपाकिलाले जनाएको छ ।
अनुकरणीय कार्यहरु
आर एम टि एम पि तयार भई नक्शा पास अभियान सुरु , डिजिटल वेस सहितको वस्तुगत विवरण तयार , पर्यटन पुर्वाधार विकास र डिपिआर निर्माण , सामाजिक सुधार ऐन जारी , घरेलु मदिरा नियन्त्रण अभियान , आवधिक योजना निर्माण , लागत साझेदारी योजनाको सफल कार्यन्वयन , माध्यमिक तहसम्म दिवा खाजा कार्यक्रम संचालन , जनता संग जनप्रतिनिधि कार्यक्रम संचालन , बाँझो जग्गा उपयोग सम्वन्धि कानुनको निर्माण र कार्यन्वयन , कृषि तथा पशु ल्याब स्थापना , सहकारी मोडालिटीबाट लागत साझेदारीमा पशुदाना उधोग स्थापना , पशुमैत्री पार्क डिपिआर तयार ,मकवानपुरमा नै पहिलो पटक सवै वडाहरुमा आधारभुत स्वास्थ्य सेवा विस्तारको लागि ४ वटा वडाहरुमा सामुदायिक स्वास्थ्य ईकाई गठन गरी संन्चालनमा ल्याएको , कृषि क्षेत्रमा टनेल खेती प्रवद्र्धन र कागती पकेट क्षेत्र विकास , यातायात गुरुयोजना र पर्यटकीय क्षेत्रहरुको गुरुयोजना तयार, चालु आर्थिक वर्षमा १ सय ५० जना भन्दावढी लाई उधमी सिर्जनाको लागि अनुदान उपलब्ध र सोही अनुसार उधमी सिर्जना भएको , गाउँपालिकाको वृहत्तर विकासको लागि यातायात गुरुयोजना , ४ वटा खानेपानी गुरु योजना , गाउँपालिकाको वस्तुगत विवरण तयारी , ४ वटा पर्यटकीय क्षेत्रहरुको वृस्तिृत परियोजना प्रस्ताव तयारी कोल्डस्टोर तथा पशु मैत्री पार्क निर्माणको लागि डिपिआर निर्माण गरिएको , आन्तरिक आय वृद्धिको लागि करका नयाँ क्षेत्रहरुको परिचान गरि कार्यन्वयन गरिएको , पुरुष वन्ध्याकरण प्रात्साहन कार्यक्रम , सामुदायिक स्वास्थ्य ईकाईमा समेत प्रसुती केन्द्र संचालन , टोल विकास स्तरिय गाउँघर क्लिनिक संचालन भएको गाउँपालिकाले जनाएको छ ।
समस्याहरु
टुक्रे तथा साना योजनाहरु कटौती गर्त नसकिएको , कार्यलयको प्रशासनिक भवन अझै अप्रयाप्त , भौतिक तथा मेसिनरी औजारहरुको अभाव , भौगोलिक विकटता र ठुलो क्षेत्र हुनु , केन्द्रिय तथा प्रादेशिक श्रोतको तुलनामा आन्तरिक आम्दानी संकलनमा अझै समस्या रहेको
सुझव तथा अपेक्षाहरु
मकवानपुर जिल्लाको सवै स्थानीय तहको आवश्यकता अनुसार क्षमता विकासको तालिम कार्यक्रम संचालनमा सहजीकरण , साझा कानुनहरुको मस्यौदा तयारीमा सहयोग साथै सार्वजनिक खरिद तथा विधुतिय खरिद प्रक्रिया सम्वन्धी तालिम संचालन सहजीकरण गरिनु पर्ने , स्थानीय तहमा गरीने महत्वपुर्ण अभियानमा एकरुपता ल्याउन समन्वय , प्राकृतिक स्रोतको उत्खनन् व्यवस्थापनमा आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।