मकवानपुर– मकवानपुरमा थप ३० जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । बुधबार बिहान प्राप्त रिपोर्ट अनुसार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।
हेटौँडा–१० स्थित किटजन्य रोग तथा तालिम केन्द्रमा कार्तिक २ गते संकलित कुल १८३ जनाको स्वाब परिक्षणबाट ९ जना महिला र २१ जना पुरुष गरि ३० जनामा संक्रमण पुष्टि भएको चौलागाईले बताउनुभयो । यस्तै २२जना पुन पोजेटिभ रिपोर्ट आएको उहाँले जानकारी दिनुभयो ।