विश्वकप छनोटको दक्षिण अमेरिकी क्षेत्र छनोटमा आज (मंगलबार) राती अर्जेन्टिना र बोलिभिया भिड्दै छन् । खेल बोलिभियाको घरेलु मैदान स्टाडियो हेर्नान्डो सिलेसमा नेपाली समय अनुसार राति १ः४५ बजे सुरु हुनेछ । छनोटको बलिायो मानिएको टोली अर्जेन्टिना लगातार दोस्रो जितको खोजिमा हुनेछ । पहिलो खेलमा इक्‍वेडरसँग १(० को संघर्षपूर्ण जित निकालेको अर्जेन्टिना दोस्रो खेलमा भने सहज नित निकाल्न चाहन्छ ।

इक्विेडरसँगको खेलमा अर्जेन्टिनालाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल कप्तान लियोनल मेस्सीले गरेका थिए । उनले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए थिए । यता बोलिभियाले छनोटमा पहिलो जितको खोजिमा रहने छ । पहिलो खेलमा अर्को बलियो टोली ब्राजितलसँग ५–० को फराकिलो हार व्यहोरेको बोलिभिया दोस्रो खेलमा भने घरेलु मैदानमा तीन अंक जोड्न दाउँमा हुने छ । ब्राजिलविरुद्धको खेलमा बोलिभियाका लागि उच्च प्रदर्शन गरेका सेसर मनाच्हो, ब्रुनो मिरान्डा, फर्नान्डो सालिडास, डियागो वायर र जिसस साग्रेडो लगायतका खेलाडी अर्जेन्टिनाविरुद्धको खेलमा पनि पहिलो रोजाइमा रहने छन् ।