लकडाउनका कारण बन्द भएको चर्चित कलाकार जीतु नेपालको रियालटी कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ आज सोमबारबाट प्रसारणमा आउने भएको छ । शा संचालक समेत रहेका जीतुले सामाजिक संजाल फेसबुक माफर्त शो आज साँझ ८ः५० देखि नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको जानकारी गराएका हुन् । हास्य श्रृखला ‘जिरो खुसार्नी’बाट मुन्दे्रको परिचय बनाएका जीतुले सरकारको स्वस्थ्य सुरक्षाको नियम पालन गर्दै ‘मुन्द्रेको कमेडी क्लब’का ४ भाग हालै सुटिङ गरेका हुन् ।
अवको शोमा निर्देशक तथा हास्य कलाकार दीपाश्री निरौला भने अध्यक्षको रुपमा देखिने छैनन् । उनको ठाउमा अभिनेत्री करिष्मा मानन्धर देखिन लागेकी छन् । शोमा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई, काउली बुढीलगायतका कलाकारको प्रस्तुति समेत रहनेछ । टेलिचलचि, चलचित्र हुँदै कमेडी शोमा प्रवेश गरेका जीतु पछिल्लो समय भने सानापर्दाको श्रृखलामा कमै देखिने गरेका छन् । फिल्ममा भने जीतु पछिल्लो समय रोहित अधिकारीको निर्माण रहेको ‘छ माया छपक्कै’मा देखिएका थिए । यो शो जीतु नेपालकै आधिकारिक यूट्युव च्यानल जीतु कमेडी च्यानलबाट समेत हेर्न सकिनेछ ।