file–photo

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक मङ्गलबार बस्ने भएको छ । आइतबार स्थगित भएको सचिवालय बैठक मङ्गलबार दिउँसो ४ बजे बस्ने तय भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीको कार्यकारी जिम्मेवारी पाउनुभएका अर्का अध्यक्षबीच सोमबार पनि छलफल भएको थियो । बालुवाटारमा भएको भेटपछि सचिवालय बैठक मङ्गलबार दिउँसो ४ बजे बस्ने तय भएको हो । अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुग्नुभएको थियो । मङ्गलबार बस्ने बैठकमा पार्टी एकता प्रक्रियाका बाँकी काम, मन्त्रिपरिषद् पुनर्गठनलगायतका विषयमा छलफल हुने नेकपाले जनाएको छ ।