नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। एक सूचना जारी गर्दै निगमले भारतबाट मूल्यसूची केही घटेर आएकाले मट्टितेल र डिजेल प्रतिलिटर १ रुपैयाँले घटाइएको जनाएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी)बाट डिजेल र मिट्टतेलको मूल्य घटेर आएकाले मूल्य घटेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । घटेकाे मूल्य राति १२ बजेदेखि लागू हुनेछ। पेट्रोल, हवाई इन्धन र ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८९ रुपैयाँ कायम भएको छ ।