हेटौंडा– विश्व शान्ति दौडको अवसरमा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार विश्व शान्तिका लागि प्रतिबद्ध रहेको जनाउदैे दिवसको सफलताको शुभकामना ब्यतm गर्नु भएको छ । नेपाल स्काउटको शान्तिका लागि संवाहक कार्यक्रम अन्र्तगत प्रदेश स्तरिय शान्ति दौडको समापनको अवसरमा आज शान्तिको झण्डामा हस्ताक्षरगर्दे मुख्यमन्त्री पौडेलले विश्व शान्तिका लागि प्रतिबद्धता जनाउनु भएको हो ।
उहाँले बागमति प्रदेशमा स्काउटको विकास तथा विस्तारका लागी प्रदेश सरकारले सरोकारवाला मन्त्रालयसँग समन्वय गरेर सहयोग गर्ने प्रतिबद्धता ब्यतm गर्नुभएको थियो । हेटाँैडा ओपन स्काउट क्रियुको आयोजनामा ‘शान्तिको अधिकार’ भन्ने नारा सहित विश्वमा शान्ति र संबृदिका लागि क्रियुका रोभर लिडर तथा शान्तिका लागि संवाहक कार्यक्रमका मकवानपुर जिल्ला संयोजक अशोक सारु मगरले शान्तिको झण्डा फहराउदै ७ किलोमिटर दौडेरै रातोमाटे देखि मुख्यमन्त्री निवाससम्म पुग्नु भएको थियो ।
अन्तर्राष्ट्रिय शान्ति दिवस । सन १९८१ मा संयुक्त राष्ट्र संघको महासभाले आह्वान गरेअनुरूप सन १९८२ देखि यो दिवस मनाउन सुरु गरिएको हो । सन २००१ सम्म सेप्टेम्बरको तेस्रो मंगलबार मनाइँदै आएको यो दिवस २००२ देखि सेप्टेम्बर २१ मा मनाउन थालिएको हो । नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले यो दिवसलाई निरन्तरता दिँदै आएको छ । कुनै पनि देशको विकासको मूल आधार शान्ति हो । विकासको मूल आधार मात्र नभएर शान्ति मानव जातिको अमूल्य अधिकार पनि हो । युद्ध, हिंसा, हुलदंगा र सबै प्रकारका अशान्तिबाट स्वतन्त्र र मुक्त रहन पाउनु नै शान्तिको अधिकार हो ।
दोस्रो विश्वयुद्धपश्चात् १९४५ मा जारी संयुक्त राष्ट्र संघको बडापत्रको प्रमुख उद्देश्य नै ‘युद्ध रोकी शान्ति स्थापना गर्नु’ भन्ने छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८ को प्रस्तावनामा नै ‘अधिकारहरुको मान्यता नै न्याय र शान्तिको स्थापना गर्नु रहेको’ भनी शान्तिलाई जोड दिइएको छ । नेपालमा यो दिवस २०६५ देखि मनाउन सुरु गरिएको हो । देशमा १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको विश्रामसँगै २०६३ मंसिर ५ मा भएको विस्तृत शान्ति सम्झौताको भावना र मर्मलाई आत्मसात गर्दै नेपालले पछिल्लो समय यो दिवसलाई निरन्तरता दिँदै आएको छ ।