मकवानपुर– मकवानपुरमा (मंगलबार) आज थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको ८१ परीक्षणमा १२ जना महिला र १२ जना पुरुष गरि २४ जनामा संक्रमण पुष्टि भएको हो ।
भदौ २१ गते १३८ जनाको स्वाब संकलन गरिएको मध्ये ८१ जनाको परिक्षणबाट आज साँझ प्राप्त रिपार्ट अनुसार २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो । चौलागाईका अनुसार आज हेटौंडा उपमहानगरपालिकाका २२ जना, मकवानपुरगढी गाउँपालिका र नुवाकोट घर भई मकवानपुरबसोबास गर्दै आएका एक÷ एक जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकाहरु २ देखी ६९ बर्ष उमेर समुहका रहेका छन् । यस्तै भदौ २१ गतेको ३२ जनाको पुन परिक्षण गरेको मध्ये ११ जनाको नेगेटिभ र २१ जनाको रिपोर्ट पुन पोजेटिभ आएको चौलागाईले बताउनुभयो ।
