हेटौंडा– उपत्यकामा आज थप तीन सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप तीन सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेहरूमा काठमाडौँमा तीन सय जना, ललितपुरमा ३८ जना र भक्तपुरमा ५८ जना गरी आज उपत्यकामा तीन सय ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा।डा। गौतमले जानकारी दिनुभयो । त्यसै गरी आज देशभर तीन सय सात जना महिला र पाँच सय ९५ जना पुरुष गरी नौ सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४८ हजार एक सय ३८ पुगेको छ ।