हेटाैंडा– पछिल्लो २४ घण्टामा थप नौ सय ७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४७ हजार दुई सय३६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा।डा।जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा आज थप नौ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
त्यस्तै गरी पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार सात सय ३६ जना कोरोना सङ्क्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ३० हजार छ सय ७७ जना रहेको प्रा।डा। गौतमले जनाकारी दिनुभयो ।