पछिल्लो २४ घण्टामा मोरङका चारजना कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरको आईसोलेशन र कोभिड उपचार केन्द्रमा तीन जना र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एक जनाको मृत्यु भएको हो ।
कोशीको कोभिडमा शनिबार दिउँसो १ः३० बजे बुढीगंगा गाउँपालिका–३ का ५५ वर्षीय पुरुषको मृत्यु भएको छ । त्यस अघि ११ बजे धनपालथान गाउँपालिकाका ५२ वर्षीय पुरुषको पनि कोशीको कोभिड उपचार केन्द्रमामै मृत्यु भएको थियो । शुक्रबार साँझ विराटनगर–४ निवासी ६३ वर्षीया महिलाको कोशीको आईसोलेशनमा र विराटनगर–११ की ४३ वर्षीया महिलाको महिलाको वीपीमा मृत्यु भएको थियो । योसँगै प्रदेश १ मा कोरोनाबाट ३९ जनाले ज्यान गुमाएका छन् । जसमध्ये १२ जना प्रदेश २ का छन् । विराटनगरका मात्रै १९ जनाको मृत्यु भईसकेको छ ।