हेटौंडा– कोरोना सङ्क्रमितमध्ये ५६ दशमलव ५ प्रतिशत निको भएका छन् । गएको २४ घण्टामा ५ सय ६९ जना निको भएसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
बिहीबार १२ हजार ६ सय २९ जनाको परीक्षण गर्दा ३ सय ३४ महिला र ७ सय ७७ पुरुष गरी एक हजार एक सय ११ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । १ सय ४७ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । अहिलेसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ३५ हजार ५ सय २९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।
अहिले ६ हजार २ सय १० जना होम आइसोलेशनमा छन् । ९ हजार ४ सय ८८ जना भने क्वरेण्टीनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । ५ सयभन्दा माथि सङ्क्रमित भएको जिल्लाको संख्या बढेको छ । काठमाण्डौ, ललितपुर, धनुषा, पर्सा, बारा, महोत्तरी, रौतहट, सर्लाही गरी ८ जिल्लामा सङ्क्रमितको संख्या ५ सयभन्दा धेरै छ । मुस्ताङ र हुम्लामा मात्र सङ्क्रमितको संख्या शून्य छ ।