हेटौंडा– हेटौंडास्थित आइसोलेसन वार्डबाट आज एकैदिन एक सय ८९ स्वाब नमूना परीक्षणका लागि हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक प्रयोगशालामा पठाइएको छ । आज मकवानपुरका क्रियाशील ३२ जना पत्रकारहरुको स्वाब नमूना पनि सङ्कलन गरी कोरोना परीक्षण गर्न पठाइएको छ ।
हेटौंडास्थित आइसोलेसन वार्डले हालसम्मकै धेरै स्वाब नमूना संकलन गरी पठाएको हो । आज पठाइएका नमूनामध्ये ४ जना सङ्क्रमितको स्वाब नमूना पनि रहेको छ । दैनिकजसो हेटौंडा उपमहानगर र जिल्लाका अन्य पालिकामा कोरोना सङ्क्रमित पहिचान भएसँगै उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाब नमूना सङ्कलनको दर बढेको छ ।