लगातार उकालो लागेको सुनको मुल्य आज एकै दिन ६ हजारले घटेको छ । तोलामा ६ हजार २ सय रुपैयाँ घटेर सुनको मुल्य आज तोलाको ९५ हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलाको एक लाख एक हजार ६ सय रुपैयाँ थियो । सुनको मुल्यमा एकैदिन धेरै रुपैयाँ घटेको यो पहिलो घटना हो । यस्तै चाँदी आज तोलामा २ सय २५ रुपैयाँ घटेर तोलाको एक हजार २ सय १० रुपैयाँमा झरेको छ । रुसले कोरोनाविरुद्धको खोप तयार गरेको घोषणा गरेकाले अन्तर्राष्ट्रिय बजारमा नै मुल्य घटेपछि नेपालमा पनि केही सस्तो भएको महासंघ अन्तरर्गतको मुल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।