मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले स्वास्थ्य सम्बन्धी सावधानी अपनाउन आग्रह गर्नुभएकाे छ । साेमबार एक अपील जारी गर्दै प्रमुख खुलालले विश्व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम मकवानपुर जिल्लामा पनि उच्च दरले बढ्दै गएको भन्दै स्वास्थ्य सम्बन्धी उच्च सावधानी अपनाउन आग्रह गर्नुभएकाे हाे ।

प्रमुख खुलालले कोरोना भाइरसको प्रकोप बढ्दै गइरहेकाले जनसमुदायमा सङ्क्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न अपील गर्रेनुभएकाे छ । उहाँले जिल्लामा कोरोनाको सङ्क्रमण दर बढेसँगै यसको रोकथाम तथा व्यवस्थापनका लागि सरकारले लिएका नीतिगत र व्यावहारिक निर्णयलाई ध्यानपूर्वक पालना गर्न समेत अनुरोध गर्नु भएको छ । कोरोना भाइरसको जोखिम कम गर्नका लागि एक अर्का बीचको भौतिक दूरी कायम गर्नु नै सबैभन्दा महत्वपूर्ण कुरा रहेको भन्दै प्रमुख खुलालले मकवानपुरमा आज मध्यरातीबाट जारी गरिएको निषेधाज्ञाको पूर्णपालना गर्दै घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भएमा भौतिक दूरी कायम राख्ने, मास्कको प्रयोग गर्ने र नियमित हात धुने बानीले संक्रमणको सम्भावना कम हुने हुदा सम्पुर्ण मकवानपुरवासिलाई सरकारको निर्णय पालना गर्दै स्वास्थ्य सावधानी अपनाउन अपील गर्नुभएकाे छ । त्यस्तै उहाँद्वारा जारी अपीलमा जिल्लामा कुनै पनि किसिमको भेला, बैठक, खेलकुद, सांस्कृतिक कार्यक्रम, विवाह, ब्रतवन्ध आदी नगर्न र नगराउन समेत आग्रह गर्नुभएको छ ।