सांकेतिक तस्विर

काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा उपचाररत एक काेराेना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।
सर्लाही मलङ्गवा घर भएकी ती महिलामा निमोनियाका साथै स्क्रब टाइफससमेतको समस्या रहेको र उपचारका क्रममा मृत्यु भएको सशस्त्र प्रहरीका प्रवक्ता राजु अर्यालले बताउनुभयो । यसैबीच, आजै कोशी अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने वीरगञ्जमा हिजो र आज मृत्यु भएका दुई जनामा पनि सङ्क्रमण पुष्टि भएको थियो ।