मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सरुवा भएर जान लाग्नु भएका बागमती प्रदेशका प्रमुख सचिव तोयम रायाको विदाई गरेको छ । बिहीबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समिति मकवानपुर परिवारले प्रमुख सचिव रायालाई विदाई गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनीलगायतले उहाँलाई मायाको चिनो प्रदान गरेर आगामि कार्यकालको सफलताको शुभकामनासहित विदाई गर्नुभएको हो । कार्यक्रममा जिसस प्रमुख रघुनाथ खुलालले प्रमुख सचिव रायाको कार्य कुशलताको प्रशंसा गर्दै आगामि कार्यकालको शुभकामना व्यक्त गर्नभएको थियो । प्रमुख खुलालले प्रमुख सचिव रायाले जिल्ला समन्वय समितिलाई गर्नुभएको सहयोगकोलागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।

करीब ११ महिना बागमती प्रदेशको प्रमुख सचिवका रुपमा कार्य गर्नुभएका उहाँ श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएर जान लाग्नुभएको हो । विदाई कार्यक्रममा प्रमुख सचिव रायाले संविधानत स्थापना भएको जिल्ला समन्वय समितिलाई संघ र प्रदेश सरकारले थप जिम्मेवारी दिनुपर्ने बताउनुभयो । उहाँले केन्द्र तथा प्रदेश सरकारले थप कार्यालय खडा गरेर खर्चको भार बढाउनु भन्दा जिल्ला समन्वय समितिलाई नै प्रयोग गर्न सक्ने तिर सोच्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारका साना–साना काममा जनताले एक जिल्लाबाट अर्को जिल्लासम्म सम्झौता लगायतका काम गर्न जानुपर्ने भएकाले त्यसको अन्त्य गर्न र जनताको सहजताकालागि जिल्ला समन्वय समितिमा केहि कर्मचारी थप गरेर जिम्मेवारी दिदाँ उपयुक्त हुने बताउनुभयो ।

प्रमुख सचिव रायाले प्रदेश सरकारले हरेक जिल्लामा कार्यालय स्थापना गर्दा खर्च भार बढ्नुका साथै काम समेत प्रभावकारी हुन सजह नहुने भन्दै समन्वय र सजजिकरणका लागि जिल्ला समन्व्य समिति प्रभावकारी हुने उहाँले बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधिसंग सहकारीता र सहजीकरणका लागि जिल्ला समन्व्य समिति प्रभावकारी हुने उहाँको भनाई थियो । प्रदेश र स्थानीय सरकारको सहजकर्ताका रुपमा थप कार्यविधि र जिम्मेवारी दिने तर्फ ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । तीनै तहका सरकारको उदेश्य समृद्धि नै भएको तर समृद्धि र संघीयता सफल बनाउन जिल्ला समन्वय समितिको भुमि र जिम्मवारी थप गर्नुपर्ने साथै क्षेत्राधिकार बढाउनु पर्ने उहाँको भनाई थियो ।