फाइल तस्विर

नारायणगढ–​मुग्लिन सडकखण्डको चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आज बिहान ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोलसहित ढलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार ठूलो पहिरो गएको र खस्ने क्रम पनि चलिरहेकाले पन्छाउन समय लाग्ने भएको छ । इच्छाकामना–६ मा पर्ने चारकिलोमा पटक पटक पहिरो खस्ने गरेको छ । पहिरो खसेपछि बिहान ५ बजेदेखि सडक अवरुद्ध छ ।