सांकेतिक तस्विर

आगामी साउन ४ गते देखि मनसुन पुनः सक्रिय हुने भएकाले सर्तक रहन सर्वसाधारणलाई आह्वान गरिएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधकिरण,जलतथा मौसम विज्ञान विभाग,खानी तथा भूगर्भ विभाग र जलस्रोत तथा सिंचाई विभागले संयूतm रुपमा आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गरी सचेत र सतर्क रहन जोखिमयूतm ठाउँका बासिन्दालाई आह्वान गरेका हुन ।

नेपालमा मनसुन सुरुभएयता बाढी र पहिरोमा परी हालसम्म १ सय १ जनाको मृत्यु, ५१ जना बेपत्ता, ४९ जना घाईते भएका छन । त्यसैगरी १ सय ३६ घर पूर्ण रुपमा क्षती भएका छन् । मनसुन सुरु भएयता परेको प्रशस्त पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भूभाग गलिसकेकोले नदी किनारा एवं बाढी पहीरोको जोखिम हुने आसपासका बासिन्दाले उच्च सर्तकता अपनाउनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधकिरणका प्रवक्ता जनार्दन गौतमले बताउनुभयो ।

प्रवक्ता गौतमले राहत तथा उद्दारका लागि विपद् व्यवस्थापनमा संलग्न सुरक्षा निकायलाई तैनाथ गरिनुका साथै सरकारी तथा गैह्रसरकारी निकायहरु, रेडक्रसकर्मीहरु तथा नीजि क्षेत्र समेत तुरन्त परिचालित हुने व्यवस्था मिलाईएको जानकारी दिनुभयो । नेपालमा यही साउन ४ गते देखि ८ गते सम्म मनसुन पुनः सक्रिय हुने अनुमान गरिएको हुँदा आपतकालीन सेवाका लागि राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको ११४९ मा तथा बाढी र पहिरोको पूर्व जानकारीका लागि जल तथा मौसम विज्ञान विभागको ११५५ नम्बरमा फोन गर्न सकिने छ ।