मकवानपुर–हेटौंडा उपमहानगरपालिका–१२ स्थित वनस्पती–पानतले सडक खण्डको स्ल्याब ढलानको शुक्रबार शिलान्यास गरिएको छ । जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले आज स्ल्याब ढलानको शिलान्यास गर्नुभएको हो ।

स्थानिय पुर्वाधार विकास कार्यक्रम अन्तरगत बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको १ करोड बजेट मध्ये ठेक्का प्रकृया मार्फत बाँकी रहेकाे रकमबाट निर्माण हुन लागेको ३७० मिटर स्ल्याब ढलानको उहाँले उद्घाटन गर्नुभएको हो । १ करोड बजेट मध्ये ठेक्का प्रकृयाबाट ६४ लाखमा ६९८ मिटर स्ल्याब ढलान भएर बाँकी रहेको ३२ लाख ७१ हजार रकम र उपभोक्ता समितिबाट ६ लाख ७५ हजार तथा जनश्रमदानबाट ४ लाख ३८ हजारको लागतमा ३७० मिटर स्ल्याब ढलान निर्माण हुन लागेको हाे । उक्त बाँकी सडक खण्डकाे प्रमुख खुलालले उद्घाटन गर्नुभएको हो । प्रदेश पुर्वाधार विकास कार्यक्रम मार्फत कुल १ हजार ८६ मिटर सडक बन्ने भएको छ । स्ल्याब ढलानको शिलान्यास गर्नुहुँदै प्रमुख खुलालले सबैको सकृयतामा काम सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विकासमा सबैको सकृय सहभागीता आवश्यक रहेको समेत बताउनुभयो ।
प्रदेश सरकारको लगानीमा ३५ वर्ष पुरानो उक्त बाटोले पुर्णता पाउने भएको हो । मुख्यमन्त्री डोरमणि पौडेलको निर्वाचन क्षेत्रमा पर्ने उक्त सडकले ३५ वर्ष पछि पुर्णता पाउने भएपछि निकै दुुख भोग्नु परेका उक्त क्षेेत्रका स्थानीय निकै खुसि भएका छन् । उद्घाटन कार्यक्रममा १२ नम्बर वडा अध्यक्ष ललित घलानलगायत स्थानियकाे उपस्थिती थियाे ।