गण्डकी प्रदेशमा आज बिहान थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य निर्देशनालय पोखराका अनुसार तनहुँको व्यास नगरपालिकाका २ पुरुष, स्याङ्जाको कालीगण्डकीका १ पुरुष र बागलुङको बरेङ गाउँपालिकाका १ पुरुषमा कोरोना पुष्टि भएको छ ।
नवलपुरको गैंडाकोट नगरपालिकाका ७ पुरुष, कावासोती नगरपालिकाका १२ पुरुष र २ महिलामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा उनीहरु थपिएका हुन् । सबै जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ । गण्डकीमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ सय ९२ पुगेको छ । गण्डकीमा अहिलेसम्म ९१ जना बिरामी निको भएर घर गएका छन् । प्रदेशमा हालसम्म २ जना संक्रमितको मृत्यु भएको छ ।