हेटौंडा– हेटौंडा उपमहानगपालिका वडा नम्बर–१३ पदमपोखरी निवासी ६५ वर्षिय महिलामा कोरोना भाइरस (कोभिड १९) संक्रमण भएको पुष्टि भएको छ । भारतबाट हेटौंडामा आउनुभएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा–४ स्थित कर्रा स्थित आइसोलेसेन वार्डका इन्चार्ज भोला चौलागाईले जानकारी दिनुभयो ।

हेटौंडा १० मा रहेको किट्जन्य रोग तथा अनुसंधान केन्द्रको प्रयोगशालामा उहाँकाे स्वाब पक्षिणबाट ६५ वर्षिय महिलाको रिपोट पोजेटिभ प्राप्त भएको आइसोलेसनका इन्चार्ज चौलागाईले वताउनुभयो । अहिले कोरोना संक्रमित महिलालाइ हेटौंडाको आइसोलेसनमा राखिएकाे छ । असार १ गते भातबाट फर्कनुभएकाे उहाँ पदमपोखरी स्थित क्वारेन्टाइनमा वस्नु भएको थियो ।