मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले सदरमुकाम हेटौंडामा सञ्चालन गर्न लागेको होल्डिङ स्टेशनको सम्पुर्ण तयारी पुरा भएको छ । हेटौंडा–१० स्थित वन विज्ञान अध्यन संस्थानको भवनमा सञ्चालन हुने होल्डिङ स्टेशनको सम्पुर्ण तयारी पुरा भएको जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

भारतसंगै अन्य विभिन्न ठाँउबाट उद्धार गरिएका नागरिकलाई व्यवस्थित रुपमा स्थानिय तहसम्म जिम्मा लगाउनु पूर्व राख्नका लागि जिससको व्यवस्थापनमा सदरमुकाममा सञ्चालन हुने होल्डिङ स्टेशनको सम्पुर्ण काम सम्पन्न भएको प्रमुख खुलालले बताउनुभयो । आज दिनभरी जिससका कर्मचारीलगायत नेपाली सेना र सशस्त्र प्रहरी मिलेर स्टेशन निर्माण गरेको उहाँले जानकारी दिनुभयो । स्टेशनमा तत्काल महिला र पुरुषलाई छुट्टा छुट्टै कोठामा सुत्ने तथा बस्न मिल्ने गरि व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । होल्डिङ सेन्टरमा पुरुषका लागि भवनको पहिलो तल्लामा १२ बेड र महिलाका लागि दोस्रो तल्लामा ८ बेडको सुत्ने स्थान निर्माण गरिएको तथा सोहि बमोजिम करीब एकसय जना बस्न मिल्ने गरि कुर्सी राखेर आराम गर्न मिल्ने स्थान निर्माण गरिएको उहाँले बताउनुभयो । आवश्यक्ताका आधारमा बेड तथा बस्ने स्थान थप गर्दै लाने समेत उहाँले जानकारी दिनुभयो ।
जिससको व्यवस्थापनमा जिल्लाका सबै स्थानीय तहहरु त्था संघ संस्थाहरुको आर्थिक रहयोग र सहकार्यमा होल्डिङ स्टेशन संचालन हुने उहाँले बताउनुभयो । होल्डिङ सेन्टरमा आएकाहरुलाई सामान्य स्वास्थ्य परिक्षण, खाना पानीको व्यवस्था, आराम गर्ने स्थान तथा मनोपरार्मश सेवा साथै स्टेशनमा वाइफाइकाे समेत व्यवस्थापन भईसकेको उहाँले जानकारी दिनुभयो । स्टेशन संचालनका लागि जिल्ला स्थित सबै स्थानीय तहहरुबाट २/२ लाख आर्थिक सहयोग तथा जिल्ला स्थित विभिन्न संघसंस्थाहरुको पुर्ण सहयोग र समर्थन रहेको उहाँले बताउनुभयो ।
फोटो फिचर–