हेटाैंडा– मकवानपुर केन्द्रविन्दु बनाएर सोमबार राति भुकम्प गएको छ । मकवानपुर र काठमाडौंको सिमाना केन्द्रविन्दु बनाएर ३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।राति ९ बजेर ३६ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौँ उपत्यका सहित मकवानपुरको थाहा नगरपालिका आसपासका क्षेत्रमा महशुस गरिएको थियाे ।











