हेटाैंडा, २२ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश–२०८३ आज जारी गर्नुभएको छ । सरकारले सो अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष गरेको सिफारिश राष्ट्रपति पौडेलले आइतबार पुनर्विचार गर्न भन्दै फिर्ता पठाएपछि हिजो बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जस्ताको तस्तै राष्ट्रपतिसमक्ष फेरि सिफारिश गरेको थियो ।












