सञ्‍चार तथा सूचना प्रविधि मन्त्रीमा जगदीश खरेल नियुक्त हुनु भएकाे छ । आइतबार प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खरेललाई सञ्‍चारमन्त्रीमा नियुक्त गर्नु भएकाे हाे ।
पत्रकार खरेल इमेज टिभीका समाचार प्रमुख हुनु हुन्थ्याे । दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता गरिरहनु भएका खरेलले त्रिभूवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर गर्नु भएकाे छ । भने, अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विषयमा विद्यावारिधी गरिरहनु भएकाे छ ।