थाहानगर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल थाहा नगर कमिटीले मृगौला रोग पीडित विरामीलाई आर्थिक सहयोग गरेको छ । बुधबार अधिवेशनकै दिन विरामीलाई आर्थिक सहयोग गरेको हो ।
नगर अधिवेशनको अवसरमा थाहा ७ का मृगौला रोग पीडित जुनु तमाङलाई १७ हजार ७ सय ७० रुपियाँ आर्थिक सहयोग गरेको नवनिर्वाचित अध्यक्ष सुमन रायमाझीले जानकारी दिनुभयो । अध्यक्ष रायमाझीले अधिवेशनमा संकलन गरी पीडित तमाङका भिनाजू शरण मोक्तानलाई बुझाइएको हो । पीडित जुनु तमाङलाई थप सहयोग गर्न युवा संघले अपिल पनि गरेको छ ।











