प्रतीकात्मक तस्बिर

मकवानपुर । मकवानपुरमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–६, कोलडाँडा बस्ने ४९ वर्षिया सिता माया गलानको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

शनिबार घाँस काट्न घरबाट हिँडेकी गलान घर नफर्किए पछि आफन्तहरुले खोजतलास गर्दै जाने क्रममा घरदेखि करिब १ कि.मि. पश्चिम सिलिङगे सामुदायिक बनको भिरबाट तल खसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धान पुरा गरि शवलाई हेटौडा अस्पताल ल्याएको साथै घटना सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ ।