प्रतीकात्मक तस्बिर

मकवानपुर । मकवानपुरमा करेन्ट लागेर आईतबार एकजनाको मृत्यु भएको छ । पूर्बी मकवानपुरको बागमती गाउँपालिका–८, कायरामा आफ्नै बारीमा मकै हेर्न गएका स्थानीय देबराम रुम्बाको करेन्ट लागेर मृत्यु भएको हो ।

बारीमा मकै हेर्न गएका उनको करेन्ट प्रवाह भएको भुईमा लत्रिएको नाङ्गो तार छुनपुग्दा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । रुम्बाको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याइएको जनाइएको छ ।