रतका स्टार ब्याटर विराट काेहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटाे १३ हजार रन बनाउने क्रिकेटर बनेका छन् । एसिया कप क्रिकेटकाे ‘सुपर फाेर’ मा पाकिस्तानसँगकाे खेलमा काेहलीले याे कीर्तिमान बनाएका हुन् । काेहलीले २ सय ६७ पारीमा १३ हजार रन पूरा गरेका हुन् ।
काेहलीले भारतकै पूर्वक्रिकेटर सचिन तेन्दुलकरलाई पछि पारेका हुन् । सचिनले ३ सय २१ पारीमा १३ हजार रन बनाएका थिए । यस्तै अस्ट्रेलियाका पूर्वक्रिकेटर रिकी पाेन्टिङले ३ सय ४१, श्रीलङ्काका पूर्वक्रिकेटर कुमार साङ्गाकाराले ३ सय ६३ र श्रीलङ्काकै पूर्वक्रिकेटर सनथ जयसूर्याले ४ सय १६ पारीमा १३ हजार रन पूरा गरेका थिए ।
यस्तै काेहली एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउने खेलाडीकाे पाँचाैँ स्थानमा उक्लिएका छन् । आजकाे खेलमा नटआउट १ सय २२ रन बनाएका काेहलीकाे एकदिवसीयमा १३ हजार २४ रन पुगेकाे छ ।एकदिवसीयमा सबैभन्दा धेरै रन बनाउनेमा सचिन तेन्दुलकर छन् । सचिनले एकदिवसीयमा १८ हजार ४ सय २६ रन बनाएका छन् । यस्तै कुमार साङ्गाकाराले १४ हजार २ सय ३४, रिकी पाेन्टिङले १३ हजार ७ सय ४ र सनथ जयसूर्याले १३ हजार ४ सय ३० रन बनाएका छन् ।











