अन्याय र अत्याचारको विरुद्धमा लड्ने संस्था नै युवा संघ होः महेश वर्तौला
जनपत्र
२४ भाद्र २०८०, आईतवार १२:०५
8Shares

हेटौंडा । नेकपा एमालेका सचेतक तथा मकवानपुर क्षे नम्बर–२ का सांसद महेश वतौलाले अन्याय र अत्याचारको विरुद्धमा लड्ने संस्था नै युवा संघ रहेको बताउनु भएको छ ।
राष्ट्रिय युवा संघ, नेपाल इन्द्रसरोवर गाउँपालिका कमिटीको अधिवेशनमा मन्तव्य राख्नुहुने क्रममा उहाँले अन्याय र अत्याचारको विरुद्धमा न्यायको व्यानर बोक्ने संस्था नै युवा संघ भएको वताउनु भयो । इन्द्रसरोवर युवा संघको अधिवेशन कुलेखानी स्थीत वी चौरमा आयोजना भएको थियो ।
अधिवेशन बाट इन्द सरोवरमा जीवन लामाको नेतृत्वमा ३७ सदस्यीय युवा संघ को नयाँ कमिटी वनेको छ ।
कार्यक्रममा नेकपा एमालेका पोलिट व्युरो सदस्य देवी ज्ञवाली प्रमुख अतिथीको रुपमा हुनुहुन्थ्यो । कार्यक्रममा संविधान सभाका सभासद सुवास ठकुरी, इन्द्र सरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, युवा संघका केन्दिूय जिम्मेवारीमा रहेका जयराम डिम्डुङ, सानु लामा दोङ, लक्ष्मण उप्रेती लगायत विभिन्न जिम्मेवारीमा रहेका नेताहरुको सहभागिता रहेको थियो ।











